The Cinemax Hub

अभिनेता पल शाहलाइ अढाई वर्ष जेल सजाय

Facebook
Twitter
WhatsApp

अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले अढाई वर्ष जेल सजाय तोकेको छ । जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् । यस्तै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।

एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।

अभिनेता शाहले बलत्कार मुद्दामा भने सफाई पाएका छन् । नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् । सोही अनुसार अभिनेता शाहले सफाई पाएको अदालतका सुचना अधिकारीले जानकारी दिएका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /