The Cinemax Hub

प्रेमगीत ३’ हिन्दीलाई सेन्सर !१५ प्रतिशत विकास शुल्क तिरेपछि विकास बोर्डले दियो अनुमति

Facebook
Twitter
WhatsApp

आगामी शुक्रबार अर्थात असोज ७ गतेबाट प्रदर्शनको तयारीमा रहेकको बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ निर्माण टिमले हिन्दी डब रिलिजकको लागि चलचित्र विकास बोर्डलाई १५ प्रतिशत विकास शुल्क तिरेर सेन्सर अनुमति लिएको छ ।

प्रेमगीत ३ टिमका तर्फबाट वितरकद्धय मनोज राठी र गोविन्द शाहीले बुधबार बोर्ड पुगेर अध्यक्ष भुवन केसीलाई भेट्दै विकास शुल्क बुझाएर सेन्सर अनुमति लिएको जानकारी दिए । सिनेमाका निर्माता तथा निर्देशक सन्तोष सेन सिनेमाका मुख्य कलाकार प्रदीप खड्का र डेव्यु अभिनेत्री क्रिष्टिना गुरुङलाई लिएर भारतको मुम्बईमा सिनेमाको प्रचार गरिरहेका छन् ।

सिनेमा नेपाल र भारतमा एकसाथ रिलिज हुने सिनेमा नेपालमा केहीदिन यता हिन्दी भर्सन रिलिज हुने वा नहुने अन्यौल थियो । बुधबार निर्माण टिमले सिनेमाको सेन्सर अनुमति लिएसँगै नेपालमा पनि शुक्रबारबाटै प्रदर्शन हुने कन्र्फम भएको छ । सिनेमाको अहिले दर्शकमाझ उच्च हाइप छ । सिनेमाको शनिबार नै अधिकांश मल्टिप्लेक्स हलले अग्रीम टिकट बुकिङ समेत खोलिसकेका छन् ।

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा बहुप्रतिक्षितको सुचीमा समावेश छ । यो सिनेमा असोज ७ देखि नेपाल, भारतसहित विश्वव्यापी रिलिज हुँदैछ । पिरियड प्रेमकथामा प्रदीप र क्रिष्टिनासंगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय छ ।

सिनेमाको नेपाली भर्सनमा कल्याण सिंहरएलिश कार्कीको संगीत, राजेश श्रेष्ठरपुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ । सिनेमामा मनदीप गौतम र स्वर्गीय छेतेन गुरुङको लेखन छ ।

आशुषेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द र डम्बर विक्रम सेनको कार्यकारी निर्माण तथा कुमार शान शाह र ओएसआर डिजिटलको सह-निर्माण छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /