The Cinemax Hub

बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन लागेको सिनेमा ‘बाबरी’ले राजधानीमा दर्शकसंग भेटघाट

Facebook
Twitter
WhatsApp

बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन लागेको सिनेमा ‘बाबरी’ले राजधानीमा दर्शकसंग भेटघाट गरेको छ ।

रिलिजको दुई दिन अगाडी नयाँ बसपार्कको लोत्से मल अगाडी आयोजित भेटघाटमा दर्शकको उल्लेख्य सहभागिता रह्यो ।

दर्शकसंगको भेटघाटमा सिनेमाका मुख्य कलाकार धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकर उपस्थित थिए । आफ्नै आँखा अगाडी सिनेमाका कलाकार देख्दा दर्शकहरुले हुटिङ गरेका थिए ।

डेब्यु अभिनेता धिरज नाडकरले नेपाली भाषा बोलेरै दर्शकलाई झुमाउन सफल भएका थिए ।

धिरज, अदिति र धिरजले सिनेमाका गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’मा नृत्य गर्दा दर्शकहरुले पनि साथ् दिएका थिए । धिरज मगरको अटोग्राफका लागि युवतीहरुले गरेको तछाडमछाड हेर्न लायक थियो । अदितिलाई ‘आई लभ यु’ भन्ने दर्शकको पनि कमि थिएन ।

भेटघाटपछि मिडियासंगको वार्तामा अदितिले दर्शकको उत्साहले हौसला मिलेको बताइन । ‘हिजो अस्तिसम्म अलि अलि मनमा डर थियो । तर आज दर्शकले देखाएको उत्साह र मायाले हौसला मिलेको छ । उहाँहरु सिनेमा हेर्नको लागि आतुर रहेको पाएँ । शुक्रबारबाट यस्तै किसिमको माया पाउने अपेक्षा गरेको छु ।’ अदितिले खुसिहुँदै भनिन् ।

अभिनेताद्वय धिरजहरुले पनि सिनेमाप्रतिको दर्शक उत्साहले आफुहरुपनि उत्साहित बनेको बताए । साथै दर्शक साथ् मिल्नेमा आशावादी देखिए ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यस रोमान्टिक प्रेमकथाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

सिनेमाको ट्रेलरमा दर्शकले देखाएको माया, हिट गीत ‘बाबरी रंग’, ‘चुलबुल चुलबुल’ र धिरज-अदितिको दोस्रो सिनेमा भएका कारण ‘बाबरी’को चर्चा चुलिएको छ ।

सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /