The Cinemax Hub

शुक्रबार बाट देशभर प्रदर्शनमा चलचित्र बाबरी

Facebook
Twitter
WhatsApp

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘बाबरी’भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र‘बाबरी’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

फ्राइडे रिलिज अन्तर्गत हिजो शुक्रबारबाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘बाबरी’प्रदर्शनमा आएको छ।चलचित्र ‘बाबरी’लाई सुरेन्द्र पौडेल ले निर्देशन गरेका हुन् ।

चलचित्र ‘बाबरी’ मा धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण छ ।‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत चार्टबस्टरमा हिट भैसकेका छन् ।

/ सम्बन्धित समाचार /