The Cinemax Hub

चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक

Facebook
Twitter
WhatsApp

आगामी कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । कमेडीले भरिएको छ । ट्रेलरमा काठमाडौंमा घर हुने र नहुने दुई परिवारको कथालाई प्रस्तुत गरिएको छ ।

ट्रेलरमा देख्न सकिन्छ । सार्वजनिक ट्रेलरमा दयाहाङ र विपिनका साथमा सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा लगायतका प्रमुख पात्र फिचर्ड छन् । ‘पशुपति प्रसाद’ जस्तो अब्बल चलचित्र पस्किसकेका दीपेन्द्र के. खनालले चलचित्रको निर्देशन गरेका हुन् ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकाल बाल कलाकारलगायतको पनि अभिनय छ ।

सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /