The Cinemax Hub

कार्तिक ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महापुरुष’ को देशव्यापी प्रचार-प्रसारमा व्यस्त

Facebook
Twitter
WhatsApp

कार्तिक ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महापुरुष’ को देशव्यापी प्रचार-प्रसारमा व्यस्त रहेको छ ।‘प्रमोसनल’ टुरका लागि देश दौडाहामा रहेको चलचित्र युनिटले शुक्रबारचितवनका पत्रकारहरुसँग भेटघाट गरेको छ । नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कार्यकारी निर्माता एवं कलाकार रविन्द्र सिंह बाँनियाले ‘महापुरुष’ को कथाको जन्म देवघाटबाट भएको बताएका छन् ।

देवघाटका एक ‘बा’ को कथाबाट प्रभावित भएर ‘महापुरुष’ को कथा जन्मिएको उनको भनाइ थियो । देवघाटका एक एकल ‘बा’ को सत्य घटनाबाट चलचित्र प्रभावित भएको उनले बताए । आमाको कथामा धेरै चलचित्र बनेको बताउँदै ‘महापुरुष’ बुवाको कथामा केन्द्रित रहेको उनको भनाइ थियो ।

चलचित्रमा उठान गरिएको कथाबस्तुलाई बलियो बनाउन निकै मिहिनेत गरिएको उनले बताए । राम्रो बिषयबस्तुमा चलचित्र निर्माण गरे चल्छ भन्ने उदाहरण ‘महापुरुष’ ले दिने उनको विश्वास छ ।

लेखक तथा निर्देशक प्रदीप भट्टराईले परिवारसँगै रहे पनि सन्तानले समय नदिँदा बुवा आमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने कथा चलचित्रको माध्यमबाट देखाउन खोजिएको बताए । उनले चलचित्रलाई स्वादिष्ट बनाउन खोजिएको बताए । ‘हामीले स्वादिष्ट बनाउन खोजेका छौं । ११ गतेपछि प्लेटमा पस्किन्छौं । सबैले मिठो मान्नु हुनेछ भन्ने विश्वास छ’, उनले भने

/ सम्बन्धित समाचार /