The Cinemax Hub

सिनेमा नम्बरी सुनको मुख्य भुमिकामा आभिनेता गौरव पहारी अनुबन्धित

Facebook
Twitter
WhatsApp

राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा नम्बरी सुनको मुख्य भुमिकामा आभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । निर्माण टिमले दिएको जानकारी अनुसार नम्रता सापकोटाको अपोजिटमा गौरवलाई फाईनल गरिएकको हो । गौरव र निर्माण टिमबीच मंगलबार लिखित सम्झौता भएकको छ ।

माघ २० गतेबाट फ्लोरमा जाने सिनेमामा गौरव र नम्रताका अलवा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतमा कलाकारको अभिनय रहनेछ । निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन् ।

सिनेमाबाट लामो समयपछि द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा सिनेमाको छायंकन गरिनेछ ।
सिनेमामा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, रहनेछ ।

/ सम्बन्धित समाचार /