The Cinemax Hub

बहुप्रतिक्षित चलचित्र ‘छक्कापञ्जा ४’ को अफिसियल पोस्टर सार्वजनिक

Facebook
Twitter
WhatsApp

बहुप्रतिक्षित चलचित्र ‘छक्कापञ्जा ४’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्र ‘छक्कापञ्जा ४’ फागुन १९ गते रिलिज हुँदैछ । सार्वजनिक पोस्टरमा अभिनेता दीपक राजा चरित्रमा देख्न सकिन्छ ।

चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्मातामा रहेको यस चलचित्रलाई आमा सरस्वती मूभिज र आइएमइको संयुक्त ब्यानरमा फिल्म निर्माण भएको हो ।

राजनीतिक र सामाजिक कथावस्तुमा निर्माण भएको हाँस्यप्रधान चलचित्र ‘छक्कापञ्जा ४’ मा दीपकसगै बेनिशा हमाल,मलिना जोशी शिशिर बाङ्देल, केदार घिमिरे, राज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।

/ सम्बन्धित समाचार /