The Cinemax Hub

गायक मुन थकालीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौँ। गायक मुन थकालीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। बिगत ५-७ बर्ष देखि नेपाली गीत संगीतमा सक्रिय गायक थकालीको सार्वजनिक’मैंले तिम्रो नाम लिएँ’ बोलको गीतमा शब्द तथा संगीत सुरज अधिकारी (सुर रक्स) को रहेको छ। बुटवलमा बसेर पनि नेपाली गीत संगीतमा सक्रिय सुर रक्सले २ दर्जन भन्दा बढी गीतमा संगीत भरि सकेका छन्। थकालीको पनि आधा दर्जन जती गीत रेकर्ड भई सकेका छन्।

रोमान्टिक प्रेम भावको भिडियोमा गङ्गा ग्याबक,मुन थकाली,सैमा भट्टराई र स्रिक तामाङ फिचर्ड छन्। नितेश लामा र संजय लामाले छायांकन गरेको भिडियोको निर्देशन नितेश लामा र मुन थकालीले गरेका हुन् भने सम्पादन नितेश लामाले गरेका छन्। भिडियो गायक मुन थकालीको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Cinemax Hub

/ ताजा अपडेट /

/ सम्बन्धित समाचार /