The Cinemax Hub

यसअघि नेफ्टा अवार्ड दुबई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भैसकेको छ

Facebook
Twitter
WhatsApp

नेपाली समुदायलाई समेटेर झण्डै २ किलोमिटर लामो नेपाल परेड कार्यक्रममार्फत सांस्कृतिक झाँकी प्रस्तुत गर्न लागिएको समेत उनले जनाए । उक्त परेडमा सातै प्रदेशको संस्कृति र वेभभूषा झल्कने झाँकी प्रस्तुत गर्ने तयारी छ ।

अर्को आयोजक संस्था युएस खबरका ओम आचार्यले नेफ्टाले विगतमा कायम राखेको गरिमालाई जोगाउनु चुनौतिपूर्ण हुने बताए । उनले पनि अवार्ड समारोहमा भारतीय र अमेरिकी फिल्म उद्योगका हस्तीलाई सहभागि गराउन प्रयास हुने बताए । ‘हामी उनीहरुको कुरा सुन्छौं र नेपाली फिल्मको कुरा पनि उनीहरुलाई सुनाउँछौं । पर्यटनसँग पनि जोड्छौं’ आचार्यले भने ।

आर्यन फिल्म्सका प्रमुख तथा निर्देशक रमेश एमके पौडेलले फिल्मको अन्तर्राष्ट्रियमै जोड दिए । वरिष्ठ अभिनेत्री बसन्धुरा भुषालले पनि अवार्ड सफलताको शुभकामना दिइन् । कार्यक्रममा गायक प्रेमराजा महत, कलाकारहरु चैत्यदेवी, शिव श्रेष्ठ, रविन्द्र खड्का, दीपाश्री निरौला, साम्राज्ञी शाह, शिल्पा मास्के, पुष्प खड्का, सुशिल श्रेष्ठसहित दर्जनौं कलाकर्मी उपस्थित थिए । अवार्डमा २०७९ सालभित्र रिलिज भएका फिल्मले ४२ वटा विधामा प्रतिस्पर्धा गर्ने जानकारी दिइयो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /