The Cinemax Hub

‘उड्यो मन’ बोलको नयाँ गीत सार्वजनिक

Facebook
Twitter
WhatsApp

अमेरिकामा रहेर पनि आफ्नो गायन कलालाई निरन्तर अगाडि बढाइरहेकी गायिका रानी शाक्यले यूवतीहरुको भावनालाई समेटर नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

‘उड्यो मन’ बोलको गीतमा रानीको स्वर, राजकुमार बगरको शब्द तथा संगीत छ । यो गीतले विशेषत, रिस सबै त्यागेर खुशी बनेर बाँच्ने सन्देश दिएको छ ।
गीतको भाव जस्तै निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेले पनि भिडियो तयार पारेका छने ।

भिडियोमा मोडलद्धय स्मारिका ढकाल र आभा थापाको नृत्य हेर्न सकिन्छ । भिडियोमा उनीहरु, कुनै संकोच विना विन्दास तरिकाले आफ्नो जीवन बाँचिरहेको देख्न सकिन्छ ।

भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको छायांकन छ । गायिका रानीले यो गीतबाट आफूले यूवतीहरुलाई कुनै तनावविना रमाएर जिन्दगी जिउन आग्रह गरेको बताएकी छिन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /