The Cinemax Hub

फागुन १९ मा रिलिज हुने बहुप्रतिक्षित सिनेमा ‘छड्के २’को प्रोमोसनल अडियो एल्बम सार्वजनिक

Facebook
Twitter
WhatsApp

फागुन १९ मा रिलिज हुने बहुप्रतिक्षित सिनेमा ‘छड्के २’को प्रोमोसनल अडियो एल्बम सार्वजनिक गरिएको छ ।

६ हिप-हप गीत समावेश एल्बमले सिनेमाको कथा र पात्रहरुको मनोभाव र परिस्थिति बोल्छन । ‘मेधा’ युट्युब च्यानलबाट सार्वजनिक भएका अडियो ट्रयाक पावरफुल लाग्छन । एभिलाइभ, रिवटकोबैन, एडविन बिट्सले कम्पोज गरेका गीतमा न्यास्टीले पर्फम गरेका छन् ।

सुपरस्टार अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमालाई निगम श्रेष्ठको लेखन तथा निर्देशन गरेका हुन् । बुधबार रिलिज हुने सिनेमाको ट्रेलरलाई लिएरदर्शक व्यग्र प्रतिक्षामा छन् ।

यसअघि सार्वजनिक पोस्टर र टिजरले हाइप निर्माण गरेका छन् । टिजरलाई करिब १९ लाखले हेरिसकेका छन् । अनमोल पहिलो पटक ग्याङस्टर भूमिकामा देखिएका छन् ।

सुनौं ‘छड्के २’का ६ प्रोमोसनल ट्रयाक

‘ग्याङ्स्टा’

एल्बमको पहिलो गीत ‘ग्याङ्स्टा’ इडिएम (इलेक्ट्रोनिक डान्स म्युजिक) पप संगीतमा तयार पारिएको छ । यो गीतले सिनेमाको टोन सेट गर्दछ । जो सिनेमाको जनरासंग प्रभावित छ ।

एभिलाइभले कम्पोज गरेको हिप-हपमा न्यास्टीले पर्फम गरेका छन् । यो गीत ऊर्जावान लाग्छ ।

‘अख्खा’

सिनेमाको चरित्र र कथाबस्तुबाट प्रभावित ‘अख्खा’मा न्यास्टीले स्वर दिएका छन् । रिवटकोबैनले कम्पोज गरेको गीतमा ब्राह्मीन, ग्रिजल र भिएसएक्स फिचर्ड छन् ।

‘मेनडग’

मुख्य पात्र अनमोल केसीको चरित्र चित्रण गर्ने ‘मेनडग’मा न्यास्टीले पर्फम गरेका छन् । रिवटकोबैनको बिट कम्पोज गरेको हिप-हप दमदार बनेको छ ।

‘सुराखी’

न्यास्टीकै आवाज रहेको गीतमा स्याक र पोंक ए फिचर्ड छन् । यो बिटपनि रिवटकोबैनले कम्पोज गरेका छन् ।

‘मुला’

‘मुला’मा न्यास्टीले गाएको ब्यान्जर ट्रयाक हो । एल्बमको पाँचौं ट्रयाकमा एडविन बिट्सको कम्पोज रहेको छ ।

‘बिरामी’

न्यास्टीको पर्फम र रिवटकोबैनको कम्पोज रहेको गीत अनमोलले निर्वाह गरेको मुख्य पात्र ‘मेनडग’बाट प्रभावित छ । गीतले ग्याङ्स्टाको अँध्यारो पक्षलाई चित्रण गर्ने कोसिस गरेको छ ।

‘ग्याङ्स्टा’बाट सुरु भएको एल्बम ‘बिरामी’सम्म आइपुग्दा यसले थुप्रै इपि प्रोग्रेसेसलाई पच्छ्याउछ । गीतले ग्याङ्स्टा बन्न सजिलो छैन । तर परिस्थितिले ग्याङ्स्टा बनाउने संदेश दिन्छ ।

अनमोलसंगै सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

यस्तै रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानले यो सिनेमाबाट अभिनयमा डेब्यु गरेका छन् ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन् । भने कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /