The Cinemax Hub

फिल्म ‘नम्बरी सुन’को सेन्सर पास

Facebook
Twitter
WhatsApp

पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘नम्बरी सुन’को सेन्सर पास भएको छ। चलचित्र सेन्सर बोर्डले फिल्मको प्रदर्शनका लागि पास गरेको हो ।

राजु गिरीको निर्देशनमा निर्माण भएको फिल्ममा गौरव पहाडी,नम्रता सापकोटाको साथमा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद र सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी रहेको छ ।

रामजी लामीछानेको नृत्य, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ । फिल्ममा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत सुन्न सकिने छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /