The Cinemax Hub

ज्वाइँ साबको’ निर्माण घोषणा

Facebook
Twitter
WhatsApp

निर्देशक वसन्त निरौलाले नयाँ फिल्म ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्मको छायांकन केही महिनामै सुरु हुनेछ ।

निर्देशक निरौलाका अनुसार फिल्मको छायांकन नेपाल, क्यानडा र अष्ट्रेलियामा हुनेछ । फिल्मको कथा सविन अधिकारीले लेखेका हुन् । फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ ।

निर्देशक निरौलाले कलाकार छनोट चरणमा रहेकाले चाँडै पत्रकार सम्मेलन गरेर कलाकार पनि सार्वजनिक गर्ने बताए । ‘फिल्म कमेडी र पारिवारिक कथामा निर्माण गरिनेछ,’ उनले भने ।

निर्देशक निरौलाले यसअघि आफूले निर्माण गरेका फिल्म भन्दा ‘ज्वाइँ साब’ उत्कृष्ट हुने समेत बताए । निरौलाको निर्देशनमा यसअघि ‘बिजयपथ, आवेग, मेला, राजनीति’ लगायतका फिल्म निर्माण भैसकेका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /