The Cinemax Hub

समलिंगी कथा ‘ओभर द मुन’को गीत ‘चन्द्रमा झै’ सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । समलिंगीसँग सम्बन्धित कथा प्रस्तुत गरेको सिनेमा ‘ओभर द मुन’को गीत सार्वजनिक भएको छ । युवी मिडिया इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सर्ट सिनेमाको गीत ‘चन्द्रमा झै’ सार्वजनिक भएको हो ।

गीतमा समीप निरौला, शुभेच्क्षा थापा, उमेश खड्का र सुशीला निरौलाको अभिनय देख्न सकिन्छ । अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाले छोटो सिनेमाको निर्देशन गरेकी हुन् । सिनेमामा शुभेच्क्षा रश्मी भट्ट, भगवान भण्डारी, सुरेश पुडासैनी, सहारा खड्का क्षेत्री, चन्द्र गुरुङ, रोशनी न्यौपाने, मन महर्जन, रेखा केसी, निकिशा श्रेष्ठ, भरत जिम्बा, गौरव हमाल, बिश्वल न्यौपाने, आकांक्षा गुरुङ र गोपाल ढुंगानाको अभिनय छ । सिनेमामा बाल कलाकारद्वय रक्षा दाहाल र रोहन भट्टराईको पनि अभिनय हेर्न सकिनेछ ।

निर्देशक थापाले सिनेमाले समलिंगीसँग सम्बन्धित कथा देखाउने बताइन् । ‘समाजमा केटाकेटा र केटीकेटीले बिहे गर्न वा माया गर्न चाहेमा समाज र घर(परिवारबाट कसरी अपहेलित हुनुपर्छ । छोराछोरीको इच्छालाई समर्थन नगरे केसम्म हुन्न सक्छ भन्ने कथा सिनेमामा समेटिएको छ’, उनले बताइन् ।

सिनेमामा उमेश खड्काको कथा र उत्तमजंग लिम्बु गीत, प्रज्जवल कार्कीको स्वर, शंकर जी विश्वकर्माको कोरियोग्राफी, बिनोद लामा र खुपेन्द्र ढुङ्गेलको छायांकन, सुदर्शन खत्रीको सहायक निर्देशन, चन्द्र गुरुङको मेकअप, दिनेश चौधरीको कष्ट्युम, उज्जवल खड्काको प्रोडक्सन रहेकको छ ।

उमेश खड्काको लगानी रहेको सिनेमामा सुरेश पुडासैनी सल्लाहकारको रुपमा रहेका छन् । युबी मिडिया इन्टरटेनमेन्टले सिनेमाको डिजिटल राइट्स खरिद गरेको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /