The Cinemax Hub

सलोन बस्नेतले छोटो सिनेमा ‘इम प्योर’ले त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डस्मा उत्कृष्ट अभिनेता घोषित भएका छन् ।

Facebook
Twitter
WhatsApp

सलोन बस्नेतले छोटो सिनेमा ‘इम प्योर’ले त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डस्मा उत्कृष्ट अभिनेता घोषित भएका छन् ।

जुन २६ मा भारतको तालिनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन छोटो सिनेमा विद्या तर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।
अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको सिनेमालाई अनुप थापाले निर्देशन गरेका हुन् । सिनेमामा सलोनका अलवा अभिनेत्री मेनुका प्रधान र रुविना थापाको पनि अभिनय रहेको छ ।

बाल कलाकारको रुपमा परिचित सलोनले होस्टेलबाट नेपाली सिनेमामा डेव्यु गरेका हुन् । उनले काम गर्ने हरेक सिनेमाबाट अभिनयमा तारिफ पाएका छ्न।
अभिनेता सलोन बस्नेतको मुख्य भुमिका रहेको सिनेमा जय हो आगामी भाद्र ८ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /