The Cinemax Hub

विल्सन विक्रम राई र अनुषा राईको अभिनय रहेको म्युजिक भिडियो ‘चोया छपनि’ रिलिज

Facebook
Twitter
WhatsApp

विल्सन विक्रम राई र अनुषा राईको अभिनय रहेको म्युजिक भिडियो ‘चोया छपनि’ रिलिज गरिएको छ । इलाम र झापामा छायांकन गरिएको म्युजिक भिडियो तक्मेबुढा डटकमबाट रिलिज गरिएको हो ।

विल्सन विक्रम राई अहिले अमेरिकामा छन् । उनी केहीदिनमा किरण नेपालीले निर्माण गर्ने सिनेमा ‘हात्तिछाप’को छायांकनको लागि नेपाल आउँदैछन् । आइतबार सार्वजनिक म्युजिक भिडियोमा अभिनेता विल्सनकै शब्द रचना तथा तोरेम्पाहाङ राईको संगीत रहेको गीतमा राजेन्द्र चोङ्गबाङ र सबिना योङ्गहाङ लिम्बुको स्वर सुन्न सकिन्छ ।

विश्व लिम्बुको पनि अभिनय रहेको गीतलाई विल्सन विक्रम राईले निर्देशन गरेका हुन् । सार्वजनिक गीतमा अशोक मण्डलको मेकअप, निपेश राईको प्रोडक्सन, कमल राईको कोरियोग्राफी, हेमन योञ्जनको छायांकन, मनोज कार्कीको सम्पादन, कलर तथा भिएफएक्स रहेको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /