The Cinemax Hub

सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हात्तीछाप’को वर्कशप सुरु

Facebook
Twitter
WhatsApp

सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हात्तीछाप’को वर्कशप सुरु भएको छ । आजदेखि सुरु भएको वर्कशपमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी लगायत सहभागी भए ।

४ दिन वर्कशप गरेपछि फिल्मको छायांकन सुरु गरिने निर्माता किरण नेपालीले जानकारी गराए ।

फिल्मलाई सामाजिक कथावस्तुमा तयार गर्ने किरणको भनाई छ । यो फिल्मको छायांकन असारको २१ गतेबाट सुरु हुनेछ । फिल्मलाई प्रदीप भारद्धाजले लेखेका हुन् । प्रदीप र सिमोस केही दिन बुढानिलकण्ठको एक होटलमा बसेर फिल्मको कथा फाइनल गरेका थिए ।

यो फिल्ममा नायक सौगात मल्लको पनि मुख्य भूमिका रहेनछ । तर, सौगातले भने फिल्मको छायांकनमा साउन लागेपछि मात्र आफूलाई जोड्नछन् । यो फिल्ममा सुशन प्रजापतिको छायांकन रहनेछ । फिल्ममा दया, सौगात, उपासनाको साथमा विल्सन विक्रम राई, गौरव पहारी, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाल लगायतका कलाकारको अभिनय रहनेछ ।

यो फिल्मको छायांकन काठमाडौं र पोखरामा हुने निर्माणपक्षले बताएको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /