The Cinemax Hub

सिनेमा ‘हामी तीन भाई’को स्कृप्ट पुजा गरिएको छ

Facebook
Twitter
WhatsApp

निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हामी तीन भाई’को स्कृप्ट पुजा गरिएको छ । आगामी साउन १० गतेबाट छायांकनमा जाने सिनेमाको गोर्खाको मनकामना मन्दिरमा स्कृप्ट पुजा गरिएको हो ।

सिनेमामा अभिनेता विनोद न्यौपाने, कुशल बिष्ट र अभिनेत्री जाहान्वी बस्नेतको मुख्य भुमिका रहनेछ । सिनेमाकोे मुख्य भुमिकाको लागि दुई अभिनेत्री छनोटको चरणमा रहेको जानकारी निर्माण टिमले दिएको छ । निर्देशक भट्टराईको कथा रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

यसअघि स्वर्गिय निर्देशक शिव रेग्मीले ‘हामी तीन भाई’ नाममा सिनेमा निर्माण गरेका थिए । नेपाली बक्सअफिरमा सुरपहिट सिनेमाको नाम सापटी लिएर डेढ दशकपछि पुन सिनेमा निर्माण हुन लागेको हो । ‘दौंतरी’ नामक सिनेमालाई केही समयलाई स्थगित गर्दै ‘हामी तीन भाई’ निर्माण गर्न लागेका निर्देशक भट्टराईले जानकारी दिएका छ्न
प्रसिद्ध सिने आर्टस्को ब्यानरमा निर्माण हुने सिनेमामा विनोद, कुशल र जाहान्वीका अलवा राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा हर्के हवल्दार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीको पनि अभिनय रहनेछ । साजित महत प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता विक्रम तामाङ हुन् ।

त्रिरत्न श्रेष्ठ निर्माता रहेको सिनेमामो सह-निर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ बिशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् । शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समिर मियाँ, बनिष शाहको सम्पादन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /