The Cinemax Hub

चलचित्र ‘जुलेबी’को प्रदर्शन मिति फाइनल

Facebook
Twitter
WhatsApp

चार महिला पात्रको प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’को प्रदर्शन मिति फाइनल भएको छ। चलचित्र आगामी भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने तय भएको छ।
निर्माण टिम र वितरण कम्पनि डिसीएन बिच कागजी सम्झौता संगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो। यसै गरी चलचित्रको डिजिटल राइट्स पनी बिक्रि गरिएको छ। डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको छ।

डिएआर मुभिजका श्याम धिताल र चलचित्रका कार्यकारी निर्माता नवीन भट्ट बीच डिजिटल अधिकारको सम्झौता सम्पन्न भएको छ। केहि समय डिजिटल राइट्सको कामबाट अलिक सुस्त रहेको डिएआरले अब नियमित डिजिटलको काम गर्ने र चलचित्रहरु खरिद गर्ने बताएको छ।

चलचित्रको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन्। चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनी अभिनय रहेको छ। एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए। ‘यी तीनै घटना लभस्टोरी कथावस्तुमा आधारित छन्,’ भट्टले भने।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन्। यसअघि उनले मञ्जरी, गाजा बाजा फिल्मको निर्देशन गरेका थिए।
विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ। चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन्। चलचित्र ‘जुलेबी’को केही देशहरुको ओभरसिज राइट्स पनी बिक्रि भईसकेको निर्माण टिमले बताएको छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /