The Cinemax Hub

सिनेमा जय होको बुधबार राजधानीमा भव्य प्रिमियर शोको आयोजना

Facebook
Twitter
WhatsApp

भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा जय होको बुधबार राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको छ । सिनेमाको भव्य प्रिमियर शोमा जय हो हेर्न सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा अधिकांश उपस्थित पाहुनाले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिए । सिनेमा हेन बुधबार न्युरोडस्थित रञ्जना हलमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, बरिष्ठ अभिनेता हरिवंश आचार्य, निर्देशक दीपाश्री निरौला, नरेश पौडेल, घनश्याम लामिछाने, दिवाकर भट्टराई, लेखक प्रदीप भारद्धाज, अभिनेता सलिनमामन बनियाँ, अभिनेत्री पुजा शर्मा, सुनिशा बजगाई लगायतको उपस्थिति रहेको थियो ।

सिनेमा हेरेरपछि मिडियासँग कुराकानी गर्दै सवैले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिए । प्रिमियरमा सिनेमा हेर्न अधिकांश पाहुनाले क्लाइमेक्सको प्रशंसा गरेका छन् । सिनेमाको क्लाइमेक्सले भावुक बनाएको प्रतिक्रिया उपस्थित पाहुना र पत्रकारको थियो ।

चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले सलोनको अभिनयको प्रशंसा गरे । सलोनले कमेडी सिनेमा मात्रै होइन जय हो जस्तो सिरियस क्यारेक्टरलाई पनि न्याय गर्न सक्ने कलाकार भएको भन्दै प्रशंसामा शब्द खर्चिए । यस्तै अभिनेत्री पुजा शर्माले पनि सिनेमा निकै राम्रो बनेको प्रतिक्रिया दिइन् । दान्भीको छायांकन छोडेर सिनेमा हेर्न आएकोमा आफुलाई पछुतो नभएको उनको प्रतिक्रिया थियो ।

यस्तै अभिनेता हरिवंश आचार्यले पनि सिनेमा राम्रो बनेको प्रतिक्रिया दिए । सिनेमामा अभिनेता बस्नेत र अभिनेत्री केकी अधिकारीको कामले उनको मन जितेको बताए । साथै सिमाटोग्राफर सौरभ लामाको कामको पनि उनले तारिफ गरेका थिए ।

यता अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि सिनेमा राम्रो बनेको प्रतिक्रिया दिइन् । उनलाई सिनेमाका सवै कलाकारले इमान्दारिताका साथ काम गरेकाले आखाँलाई शितलता र मनलाई शान्ति मिलेको उल्लेख गरिन् । अभिनेता सलिनमान बनियालाई पनि सिनेमा मन परेको बताए । अभिनेता सलो बस्नेतका मिल्ने साथी भएका कारण पनि उनी लामो समयपछि सिनेमाको प्रियियर कार्यक्रममा पुगेका थिए ।

आफु सिनेमा हेर्न मात्रै नभई सलोनलाई सपोर्ट गर्न पनि लामो समयपटि सिनेमाको प्रिमियर कार्यक्रममा पुगेको बताए । सिनेमामा हेरेर हलबाट निस्कदै गर्दा उस्को मेहनत र अभिनयले सिनेमालाई ज्यान दिएको भन्दै सवै दर्शकले एक पटक हेर्न पर्ने सिनेमा बनेको बताए ।

सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो सिनेमाबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको प्रेम पाण्डे कुमार थिङको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /