The Cinemax Hub

प्रदर्शनमा आउन लागेको फिल्म गणपतिको अग्रीम टिकट बुकिङ खुल्ला

Facebook
Twitter
WhatsApp

आगामी भाद्र १४ गते बिहीबारबाट प्रदर्शनमा आउन लागेको फिल्म गणपतिको अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । सविन अधिकारीको डेव्यु निर्देशकिय फिल्मको एक गीत टिकटकमा भाइरल भएकाले पनि राम्रो व्यापार गर्ने विश्वास निर्माण टिमलाई छ ।

मंगलबार खुलेको फिल्मको अग्रीम टिकट बुकिङमा हलले सुखद् शो दिएका छन् । सवै मल्टिप्लेक्स हलले फिल्मलाई शो उपलब्ध गराएका छन् । देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले आफ्ना देशभरका चेनमा अहिलेसम्म सन्तोषजनक शो उपलब्ध गराएको छ । भने, भोलीसम्म यो शो सङ्ख्यामा केही बृद्धि हुनेछ ।
अहिलेसम्म बुकिङ खुलेका हलहरु मध्ये एफक्युब सिनेमाज्ले २ शो, वान सिनेमाज्ले ५ शो, बिएसआरले २ शो उपलब्ध गराएका छन् । यो समाचार तयार पार्दाको अवस्था सम्म राजधानीमा ठुला सिनेमा हल बिग मुभिज, आईएनआई लोत्से, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज्, क्युज सिनेमाज्, सिने डि सेफ र आरके सिनेमाज्ले शो खोली सकेका छैनन् ।

स्वदेशसहित एकसाथ बिश्व बजारमा एकसाथ भदौ १४ गतेबाट प्रदर्शन हुन लागेको फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल र निर्माता लक्ष्मण रिजाल हुन् । सेभेन सिज इन्टरटेन्मेन्टले ले ओभरसिज, एफडी र श्रीराम बालाजी फिल्मस्ले नेपाल भरका हलमा बितरण गर्न लागेको फिल्म मिडिल इस्ट, न्युजील्याण्ड र अष्ट्रेलियाका हलमा भने १५ सेप्टेम्बरमा प्रदर्शन हुने पक्का भएको छ ।

सविन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ । रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको कार्यकारी निर्मातामा बिज्ञान केसी र अर्बिन्द्र गिरी र सह(निर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह छन् ।

शंकर अधिकारी घायल, देबेन्द्र बब्बु, बाबुल गिरी, अनिश अधिकारी र सबिन अधिकारीको शब्द अनि बाबुल गिरी र बिशाल निरौलाको संगीत रहेको फिल्ममा कबिराज गहतराजको कोरियोग्राफी, बिपीन मल्लको सम्पादन अनि हरि घले लामाको छायांकन छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /