

मदन घिमिरे निर्देशित म्युजिक भिडियो ‘बास देउ मलाई’ सार्वजनिक गरिएको छ । दीपक लिम्बु र अनु चौधरीको स्वर रहेको गीतमा जितेन्द्र केसी र आयुष्मा कार्कीलाई फिचर्ड गरिएको छ ।
निर्देशक घिमिरेको नै शब्द रचना रहेको गीतमा सञ्जय खड्कीको संगीत र एरेञ्ज छ । गीतको अडियो र भिडियो राम्रो बनेको भान हुन्छ । निर्देशक घिमिरे लामो समयपछि म्युजिक भिडियो मार्फत् निर्देशनमा फर्केका छन् ।



रामेश्वर हुँमागाईले खिचेको भिडियालाई तारा थापा (किम्भे)ले सम्पादन गरेका हुन् । भिडियोमा अशोक रोक्काको मेकअप रहेको गीतको छायांकन रानीकोट, घ्याम्पे डाँडा र पाइलट बाबा आश्र भक्तपुरमा गरिएको हो ।















