

केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय सिनेमा मायाका रंगहरु (कलर्स अफ लव )को निर्माण घोषणा गरिएको छ । सिनेमाको मुख्य भुमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन् । यो इन्डो नेपाली सिनेमाको छायांकन पल शाहले पुजार सार्कीको छायांकन सकेपछि भारतको सिक्किमबाट सुरु गरिने छ ।
प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने सिनेमामा सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा साेनम र रामजी लामिछानेकाे कोरियोग्राफी रहनेछ ।

सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि सिनेमा भन्ने उदेश्यले निर्माण गरिने यो सिनेमामा ६० प्रतिशत सिनेमाकर्मी भारत र ४० प्रतिशत सिनेकर्मी नेपालबाट लिने तयारी निर्माण टिमको छ ।
















