The Cinemax Hub

इओन लिम्बु र सिमोन गिरी दर्शक साक्षात्कार गर्न नेपालगञ्ज पुगेका छन्

Facebook
Twitter
WhatsApp

गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा दुई कदमका मुख्य कलाकार अभिनेता इओन लिम्बु र सिमोन गिरी दर्शक साक्षात्कार गर्न नेपालगञ्ज पुगेका छन् । उनीहरु दुवै जनाले यही सिनेमा बाट नेपाली रजतपतमा डेव्यु गरेका हुन् ।

नेपालगञ्ज डेव्यु अभिनेत्री सिमोन गिरीको गृह नगर पनि हो । त्यसैले पनि उनी परिवार तथा नेपालगञ्ज बासीसँग डेव्यु सिनेमाको खुशी साट्न पुगेकी हुन् । उनीसँग सिनेमा हेर्न पाउँदा दर्शक तथा उनको परिवार खुशी देखिन्छन् । सिनेमा हेरेपछि नेपालगञ्ज बासीले सिमोन र इओनको अभिनयको प्रशंसा समेत गरेका छन् ।

उदय सुब्बा निर्देशित सिनेमामा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ ।

सिनेमाको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको सिनेमाको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो ।

विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /