

राजु गिरीको निर्देशनमा बन्न लागेको सिनेमा ईश्वर’ । केही दिन अगाडि घोषणा भएको फिल्मको अहिले कलाकार छनोट भइरहेको छ।
यस्तैमा सिनेमाको मुख्य कलाकारको रूपमा शिशिर वाग्देल निर्देशक गिरीले सिनेमाको मुख्य कलाकारको रूपमा वाग्देललाई अनुबन्धित गरेका हुन् ।
दिव्या कंगनाको प्रस्तुतिमा बन्ने सिनेमाको पटकथा एवं संवाद भोजराज देवकोटाले तयार गरेका छन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने सिनेमाको प्रस्तुतकर्ता लक्ष्मी कुंवर थापा हुन। राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत र देव महर्जनको द्वन्द्व रहनेछ ।
माघको अन्तिमबाट सिनेमाको छायाङ्कनका लागि फ्लोरमा जाने निर्देशक गिरीले बताए । गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ माघको १९ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो सिनेमाको प्रदर्शनपछि मात्र उनी ‘ईश्वर’ छायाँकनमा निस्कन लागेका हुन् ।















