The Cinemax Hub

निर्माता कृष्णराजले लायन्स क्लबबाट गरे रक्तदान कार्यक्रम

Facebook
Twitter
WhatsApp

‘लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ इ’ अन्तर्गत कृष्णराज तिवारी अध्यक्ष रहेको लायन्स क्लब अफ आङ्ना पाँचथरले विभिन्न ११ वटा लायन्स क्लबहरुको सहकार्यमा रक्तदानको आयोजना गरेको छ । यसै साता काठमाडौंस्थित अनामनगरमा रक्तदान कार्यक्रम राखिएको थियो । भव्य र सभ्य रुपमा रक्तदान सम्पन्न भएको अध्यक्ष तिवारीले बताए । उनले रक्त संकलन कार्यक्रमलाई यसै गरी निरन्तरता दिने पनि बताएका छन् ।

उनले भने, ‘अस्पतालमा रगत अभाव हुन नदिन र रगतको अभावले कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले रक्तदान राखेका थियौं । कार्यक्रममा उत्साहजनक सहभागिताले ऊर्जा र हौसला मिलेको छ ।’ उनले ‘रक्तभोग’ नामक चलचित्र समेत बनाएका छन् । रक्तदान कार्यक्रममा ‘लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ इ’का गर्भनर लायन हरी दाहाल, फर्स्ट भ्वाइस गर्भनर रामशरण वस्नेत, द्वितिय भ्वाइस गर्भनर हिरा प्रसाद गुप्ता, विमल कुमार श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /