The Cinemax Hub

क्षित बाबु प्रोडक्सन हाउसको व्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने

Facebook
Twitter
WhatsApp

काठमाडौं । क्षित बाबु प्रोडक्सन हाउसको व्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ । पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने फिल्मको निर्माण पक्षले आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै सहरको दृश्य देखाइएको छ ।

विनयराज पौडेलको डेव्यु निर्देशकिय रहने फिल्मको कलाकारहरुको हाल धमाधम छ्नोटका काम भइरहेको छ ।
उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी बैशाखबाट छायांकन हुनेछ । फिल्मको लेखन पनि स्वम निर्देशक कै रहेको छ।
दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका विनयले केही म्यूजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरिसकेका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /