The Cinemax Hub

सरला श्रेष्ठको ‘गुनासो’ सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं : गुनासो छैन् भन्दै गायिका बबिना भट्टराई आफ्नो मायालुलाई गुनासो पोख्न थालेकी छन् । उनले हालै आफ्नो नयाँ गीतमा मायालुलाई प्रश्न गर्दै दुखेसो पोखेकी हुन् । उनले ‘गुनासो’ बोलको गीत मार्फत आफ्नो भावना पोखेकी छन् ।

सरला श्रेष्ठले लेखेको गीतमा बबिता आफैले स्वर भरेकी छन् भने सङ्गित पनि उनकै छ । सरला श्रेष्ठले लेखेका शब्दमा उनको स्वरले मिठास भर्ने काम गरेको छ । किनभने गीतको भाव अनुसार बबिताको स्वर फिट देखिएको छ ।

साहस शाक्यको संगीत संयोजन रहेको गीतलाई नकुल कार्कीले रेकर्ड गरेका हुन् । प्रकाश खरेलले मिक्सिङ सम्हालेको गीतको भिडियोमा बबिना आफैले अभिनय गरेकी छन् । उनलाई भिडियोमा गाउदै गरेको देख्न सकिन्छ । गीतको भिडियो झिल्को क्रियसनले तयार गरेको हो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /