The Cinemax Hub

नयाँ गीत ‘गाजले’को भिडियो शनिबार सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो शनिबार सार्वजनिक भएको छ । गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । राजन इशानको एरेन्ज रहेको गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ छ । गीत म्यूजिक क्लाउड स्टुडियो कमलादीमा रेकर्ड गरिएको हो ।

डान्सिङ नम्बरको गीतमा गायिका मल्लिकासहित आर्यन सिग्देल, स्मारिका ढकाल, सुरेश कोहली, किरण केसी र अंशु थापा फिचर्ड छन् । मैना माया कार्की प्रस्तुतकर्ता रहेको गीतमा गायिका मल्लिकाले आफूलाई गाजले केटा मनपर्ने कुरा उल्लेख गरेकी छन् ।

भिडियोमा हरि हुमागाईंको डीओपी, मित्र डी गुरुङको सम्पादन, अनन्त घिमिरेको डिजाइन, सरोज पाण्डेको मेकअप, मनिक तामाङको आर्ट, देवराज सापकोटाको प्रोडक्सन र कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन छ । भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

एलबम ‘मल्लिका’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा पाइला चालेकी गायिका मल्लिका कार्की गायक उदितनारायण झासँग गाएको गीत ‘लाजको लाली पोतेर आइदेऊ न’ बाट श्रोता दर्शकमाझ चिनिइन् । यसपछि उनले ‘यति धेरै मान्छेहरुको भीडमा’, ‘तिमीले नसम्झिँदा माया’, ‘जति टाढा भो, उति गाढा भो’, गायक कुमार सानुसँगको ‘नयाँ जीवन’ जस्ता गीत बजारमा ल्याइन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /