The Cinemax Hub

रावायण” प्रदर्शन मिती घोषणाः

Facebook
Twitter
WhatsApp

फागु पुर्णिमा को शुभकामना सहित सुदर्शन थापाको महत्वपूर्ण चलचित्र “रावायण” को प्रदर्शन मिती २०८१ भाद्र २१ गते तिजको दिनलाई लक गरिएको छ। सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शन को संयुक्त व्यानरमा बन्ने चलचित्र “रावायण” लाई सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन्।

मुख्य कलाकारहरुमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाहि, शर्मिला मल्ल, प्रदिप ढकाल संगै थुप्रै चिर परिचीत कलाकार हरुको अभिनय रहने चलचित्रको चैत्र महिनाको तेस्रो हप्ताबाट छायांकन शुरू हुदै छ।

शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, बिक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफ़ी, श्री श्रेष्ठको एक्शन रहने चलचित्रको संगितको सम्पूर्ण काम मुम्बई मा गरीएको हो।

Cinemax Hub

/ सम्बन्धित समाचार /