The Cinemax Hub

‘वर एण्ड बधु’को दोस्रो सेड्यूलका लागि विवेकले बनाए शरीर, आँचलसँग रोमान्स गर्दै

Facebook
Twitter
WhatsApp

५० प्रतिशत छायांकन रोमानियामा भएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को काम अगाडि बढ्ने भएको छ । यो फिल्मको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी गरिएको छ । फिल्मका निर्देशक मिलन चाम्सका अनुसार, चैत्रको तेस्रो साताबाट फिल्मको छायांकन नेपालमा सुरु हुनेछ ।

रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो फिल्ममा बधुको भूमिकामा नायिका आँचल शर्माले काम गरिरहेकी छिन् । फिल्ममा वरको भूमिकामा भने नव–नायक विवेक कर्माचार्यले अभिनय गरिरहेका छन् ।

फिल्मको दोस्रो सेड्यूलका लागि नायक विवेक कर्माचार्यले आफ्नो शरीर समेत बनाएका छन् । निर्माणपक्षले उपलब्ध गराएको विवेकको नयाँ तस्वीरमा उनको शरीर सुगठित देखिन्छ । कथाको माग अनुसार नै विवेकले शरीर बनाएको निर्देशक चाम्सले बताए । यो फिल्ममा सुदिप बरालको छायांकन छ ।

डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । यो फिल्मले विवाहको संकृतिलाई पर्दामा देखाउने निर्माणपक्षले बताएको छ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन छायांकन सकिएपछि रिलिज मिति पनि तय गर्ने बताइएको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /