The Cinemax Hub

अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक रिलिज

Facebook
Twitter
WhatsApp

नायक अनमोल केसीको जन्मदिनको अवसर पारेर फिल्म ‘फर्की फर्की’को फस्टलुक रिलिज गरिएको छ । आउँदो बर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको फस्टलुकमा नायक अनमोल केसीलाई मात्र स्थान दिइएको छ ।

अनमोलका यसअघिका लभ स्टोरी फिल्मको पोष्टर भन्दा यो पोष्टर विल्कुलै फरक छ । फिल्मको फस्टलुक हेर्दा फिल्मले समयको कथा भन्छ भन्ने अड्कल लगाउन सकिन्छ ।

लभ स्टोरी जनरामा बनेको यो फिल्मलाई ओम प्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् ।

फिल्म ‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल केसीको साथमा नायिका जसिता गुरुङको मुख्य भूमिका छ । साथमा फिल्ममा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /