The Cinemax Hub

फिल्म “द टिचर” को फस्ट लुक सार्वजनिक

Facebook
Twitter
WhatsApp

निरन्तर म्युजिक भिडियो निर्देशन गर्दै आएका निर्देशक वसन्त सापकोटाद्वारा निर्देशीत “द टिचर” को फस्ट लुक सार्वजनिक भएको छ।वीर गुरुङको कथा लाई निर्देशक वसन्त सापकोटाले निर्देशन गरेका छन।छिट्टै नेपाली रजतपटमा ठूलो पर्दाको सिनेमामा डेब्यु गर्न लागेका निर्देशक वसन्त सापकोटाले द टिचरमा नव कलाकार वीर गुरुङ लाई डेब्यु गराएका छन।

२०८१ सालमा रिलिज हुन लागेको उत्त छोटो पर्दाको चलचित्रमा कलाकार वीर गुरुङको साथमा सङिता थापा तेजस्वी सापकोटा चक्र बिष्ट रोहित श्रेष्ठ कोबिड राई लगाएतका कलाकारहरु फिचरिङ गरिएको छ।दिनेश पराजुलीले छायांकन गरेको उत्त लघु चलचित्रमा गौतम राज खड्काको सम्पादन रहेको छ । मेघा शाही सापकोटाको शृङार तथा खेम नाथ खनालले मुख्य साहायक निर्देशन गरेका छन भने चलचित्रलाई वीर गुरुङ वसन्त सापकोटा र खेम नाथ खनालले मिलेर निर्माण गरेका हुन।

Cinemax Hub

/ सम्बन्धित समाचार /