The Cinemax Hub

सिनेमा ‘ह्रस्व दीर्घ’का प्रमुख अभिनेता हरिहर अधिकारीको लुक्स सार्वजनिक

Facebook
Twitter
WhatsApp

ह्रस्व दीर्घ’ सिनेमाले आफ्ना प्रमुख अभिनेता हरिहर अधिकारीको लुक्स सार्वजनिक गरेको छ । हरिहरको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पोस्टर लुक्स सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा हरिहरलाई दुई वटा अवतारमा प्रस्तुत गरिएको छ । एउटामा उनलाई लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न सकिन्छ भने अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’मा छन् । सिनेमा असोज ११ गते रिलिज हुनेछ ।

यसअघि निर्माणपक्षले कलाकार ब्रमानन्दमको तस्विर मात्र समावेश गरिएको पोस्टर रिलिज गरेको थियो । प्रेमकथा रहेको यो सिनेमाको तेस्रो चरणको छायांकन बाँकी छ । बाँकी छायांकन मुम्बईमा हुनेछ । सिनेमाका निर्देशक चन्द्र पन्त हुन् । अभिनेता हरिरहर अधिकारीको कथा रहेको सिनेमामा कविरलालको छायांकन छ ।

अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको सिनेमामा हरिहर तथा नीताका अलावा विपना थापा, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ । केही दक्षिण भारतीय कलाकारको अभिनय पनि यो सिनेमामा रहनेछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /