The Cinemax Hub

फिल्म रुमानी रंग वितरण रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्दै

Facebook
Twitter
WhatsApp

निर्देशक अनिल योञ्जनको निर्देशनमा बन्ने फिल्म ‘रुमानी रङ्ग’ लाई काठमाडौँ उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने भएको छ । निर्माण समूहले केही दिन अगाडि रीच इन्टरटेनमेन्टका लागि करण श्रेष्ठ र आज एफडीका लागि छविराज ओझाले सम्झौता गरेका हुन्

अभिनेता धीरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहने भनिएको फिल्मलाई प्रेम कथानक बनाइने निर्देशक योञ्जनले बताए । यसअगाडि ‘इन्टु मिन्टु लन्डनमा’ जोडी बनेर प्रस्तुत भएपछि दोस्रो पटक काम गर्न लागेको फिल्म अष्ट्रेलियाको रमणीय दृश्यमा छायांकन गरिने उनले जानकारी दिए ।

‘अहिले हाम्रो प्रेम कथानक फिल्महरू परिवारले हेर्ने कमै बनिरहेका छन् । यो प्रेम कथामा परिवार पनि उत्तिकै जोडिएको छ । यो सबै वर्गका दर्शकलाई हुने किसिमले तयार गर्नेछु’, उनले भने ।

महेश पौडेलको सिनेम्याटोग्राफी रहने फिल्ममा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सह-निर्माता छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /