

लण्डन मा छयांकन भएको अरुण प्रधानको निर्देशनमा बनेको हिन्दी गित “भाव नहि देति है” भारतको प्रसिद्ध Wave Music channel मा रिलिज भएको छ ।
अधिकांश भारतिय चलचित्रहरुको छयांकन हुने लण्डनको मुख्य मुख्य पर्यटकीय स्थल बिग बेन, लण्डन आई, वेस्टमिनिस्टर, लण्डन ब्रीज, Trafalgar Square, चाईना टाउन लागायतको स्थानमा उक्त गित छयांकन गरिएको हो ।
गितमा स्वर भारतिय गायक/गायिका माही राव र खुशबु तिवारिको रहेको छ ।

पछिल्लो समय निर्देशक प्रधानको निर्देशनमा बनेको भोजपुरी गित कमर लप लप करे Wave Music मा रिलिज भए पछि, भारतिय गायक माही रावले Wave कम्पनी मार्फत प्रधानको व्हाटसएप नम्बर लिएर निर्देशक प्रधान संग सम्पर्क गरेर आफ्नो हिन्दी गितमा भिडियो बनाउनको लागि अनुरोध गरेका थिए । सोही अनुरोधलाई स्वीकार गरेर ” गोर्खा वारियरको” वर्ल्ड प्रीमियर को अवसरमा लन्डन गएको मौका छोपी प्रधानले उक्त गितको भिडियो तयार गरेका हुन ।
भिडियोमा नेपाली मुलकी लन्डन निवासी मोडल तथा नायिका सृजना निङ्लेखु र लन्डनमा नै बसोबास गर्ने बिकेस राज बस्नेत ले अभिनय गरेका छन । सृजनाले नेपालमा रहदा प्रधानको निर्देशनमा बनेको याख्खा भाषाको चलचित्र “ओम्ला” मा अभिनय गरेकी थियिन । जुन चलचित्रले अमेरिकाको न्युयोर्क मा सन 2018 मा सम्पन्न niff ( निफ) अवार्डमा बेस्ट डाईरेक्टरको अवार्ड जितेको थियो ।
बनस्थली काठमाडौं घर भएका बिकेश राज बस्नेत लन्डन मा नै स्थायी रुपले बसोबास गर्दै मोडलिङ गर्दै आएका छन । गित एआर लण्डन ईन्टरटेनमेन्ट को ब्यानरमा रोनुस ओझाको प्रस्तुतिमा निर्माण भएको हो । सलुना गुरुङ यश गितको लन्डनको संयोजक रहेकी छन भने । लन्डन निवासी आशिष् श्रेष्ठ को छ्यांकन, कार्तिक राजवंशीको सम्पादन गरेका छन । यश गितको गितकार बिट्टु विद्यार्थीर सन्नी वर्मा, संगित अजय वर्माको रहेको छ ।













