The Cinemax Hub

जापानको नागोयामा फर्की फर्की

Facebook
Twitter
WhatsApp

काठमाडौँ । यही जेठ १० गते रिलिज हुने फिल्म ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म जापानको नागोया सहरमा रिलिज हुने निर्माण कम्पनी यूएनए इन्टरटेनमेन्टले जनाएको छ ।

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा रहेको फिल्म सुयोग गुरुङको लेखन तथा निर्देशन छ । निर्माता रोहितका अनुसार फिल्म अमेरिका, अष्ट्रेलिया, क्यानडा, मध्यपूर्व, कोरिया, हङकङ, माल्टा र यूकेमा पनि रिलिज हुँदैछ ।

फिल्ममा रवि काफ्ले, समृद्धि अर्याललगायतका कलाकारको अभिनय छ । निर्माता अधिकारीकै कथा रहेको फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /