The Cinemax Hub

निर्माता सुशील पोखरेलद्वारा नयाँ फिल्म निर्माणको घोषणा

Facebook
Twitter
WhatsApp

काठमाडौं । निर्माता सुशील पोखरेलले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । पछिल्लो फिल्म ‘यात्रा ’ पछि फिल्म निर्माणमा मौन बसेका सुशीलले ‘बन्दी’ नामक फिल्म निर्माणको घोषणा गरेका हुन् ।

फिल्ममा ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशन रहनेछ । निर्माण पक्षका अनुसार हाल फिल्मका कथामा काम भइरहेको र केही महिनापछि छायांकन सुरु गरिनेछ । निर्माता सुशीलले सामाजिक सञ्जालबाट फिल्म निर्माणको घोषणा गरेका हुन् ।

फिल्मको कथा संचारकर्मी सुशील देवकोटाले लेखिरहेका छन् । सुशील अनुभवी सफल निर्माता हुन यसअघि ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’लगायतका फिल्म निर्माण गरिसकेका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /