The Cinemax Hub

नेपाल अफ्रिका फिल्म फेस्टिवल सम्पन्न : जुरी अवार्ड मार्फत प्रभात सम्मानित

Facebook
Twitter
WhatsApp

काठमाडौं : नेपाल अफ्रिका फिल्म महोत्सव ‘नाफ’मा अभिनय मार्फत सर्वोत्कृस्ट जुरी अवार्ड प्रभात पाल ठकुरीले प्राप्त गरेका छन् । सिनेमा “सरी मम” मार्फत उनले उत्कृष्ट अवार्ड प्राप्त गरेका हुन् ।

हलमा सामान्य ब्यवसाय गरेको सिनेमा हेर्ने दर्शकले प्रभातको अभिनयको भने तारिफ गरेका थिए । केही सिनेमा र दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेका प्रभातलाई सम्भावना बोकेका नायकको रुपमा लिने गरिएको छ । उनका हरेक काममा दर्शकले सकारात्मक प्रतिक्रिया दिने गरेको भए पनि निर्माता निर्देशकको नजरमा भने उनी नपरेका हुन कि भनेर चर्चा पनि सिनेबृतमा हुने गर्छ ।

समग्रमा उनको कामको सम्मान स्वरुप उनलाई जुरीले उत्कृष्ट अभिनयको लागि अवार्डमा चुनेका हुन् । यो छनौटले नाफको अवार्डको गरिमा समेत बढेको छ ।

अवार्ड ग्रहण गर्दै गर्दा प्रभातले भने, ‘म यो विशाल उद्योगमा सिक्ने र नवोदित छु । मलाई हाम्रा वरिष्ठ सिनेकर्मीहरुबाट उत्तम मार्गदर्शन र समर्थनको आवश्यकता छ। सिक्न र प्राप्त गर्न धेरै कुरा छन्, र म पुन: पुन: उत्कृष्ट प्रयास गर्नेछु।’

नेपाल र अफ्रिकाबीचको सिनेमा र सांस्कृतिक आदान-प्रदानको रुपमा यो अवार्ड आयोजना गरिएको हो । काठमाडौंमा आयोजित महोत्सवमा दुवै महादेशका विविध सिनेमाहरु प्रस्तुत गरिको थियो । महोत्सवमा सिनेमा देखाइनुको साथै प्यानल छलफल र कार्यशालाहरू समावेश गरिएको थियो । महोत्सवमा विश्वभरका सिनेकर्मी, कलाकार र सिनेमाप्रेमीहरूले सहभागिता जनाएका थिए । नाफ आयोजकले आगामी वर्षको महोत्सवको तयारी समेत सुरु गरिसकेका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /