The Cinemax Hub

अनुभूति श्रेष्ठको आफ्नो करिअरको अर्को महत्वपूर्ण उपलब्धि

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपाली अभिनेत्री र मोडल अनुभूति श्रेष्ठले आफ्नो करिअरको अर्को महत्वपूर्ण उपलब्धि थपेकी छिन्। विभिन्न अभिनेताहरूसँगका संगीत भिडियोहरूमार्फत दर्शकहरूको मन जितेकी उनले हालै आफ्नो स्नातकको डिग्रीमा पनि उल्लेखनीय सफलता प्राप्त गरिन्।

अनुभूतिले आफ्नो प्लस टु अध्ययनको समयमा नेपालमा आफ्नो उत्कृष्टता प्रदर्शन गरेकी थिइन्। काठमाडौंको केएमसी कलेजबाट प्लस टु पूरा गर्दा उनले नेपालमा सबैभन्दा उच्च अंक ल्याएर टप गरेकी थिइन्।

उनै अनुभूतिले बेलायको लेस्टर विश्वविद्यालयबाट एलएलबी डिग्री फस्ट क्लास अनरर्सका साथ पूरा गरेर निल हेड मेमोरियल प्राइज प्राप्त गरेकी छिन्। यो पुरस्कार लेस्टरमा एक वकिलको रूपमा अभ्यास गर्न इच्छाशक्ति भएका स्नातकको सबैभन्दा राम्रो समग्र प्रदर्शनको लागि प्रदान गरिएको हो। उनले विल्स र टेक्सेसन लमा आफ्नो कानून विद्यालयको समुहमा सबैभन्दा उच्च अंक प्राप्त गर्न सफल भइन्।

अनुभूतिले अभिनेता तथा मोडल पल शाहसँग ‘प्यार के जादु’ र ‘मनको मायालाई’ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /