The Cinemax Hub

के घर के डेराः घर नम्बर २’मा निश्चल बस्नेतको इन्ट्री

Facebook
Twitter
WhatsApp

साउनको २५ गतेबाट छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकार निश्चल बस्नेतको इन्ट्री भएको छ । फिल्मको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । यसअघि यो फिल्ममा नायक खगेन्द्र लामिछानेको प्रवेश भइसकेको छ ।

निश्चलको प्रवेशसँगै फिल्मको लाइनअप बलियो बन्ने देखिएको छ । फिल्मका लागि अझै ४ जना कलाकारहरुलाई मुख्य भूमिका अनुवन्धित गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् । युवराज कार्की फिल्मका कार्यकारी निर्माता हुन् ।

फिल्ममा अनुवन्धित भएपछि कलाकार बस्नेत उत्साहित देखिए । उनले, फिल्मको कथावस्तु बलियो रहेकाले आफू काम गर्न तयार भएको बताए ।

फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ । सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्मलाई यसै बर्ष रिलिज गर्ने योजनामा निर्माणपक्ष छ

Cinemax Hub

/ सम्बन्धित समाचार /