The Cinemax Hub

फिल्म ‘बुलाकी’ ले नयाँ प्रचारात्मक सामग्री सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ ले नयाँ प्रचारात्मक सामग्री सार्वजनिक गरेको छ । सार्वजनिक ‘सधैं पछि परन्या हुन् स्त्री’ बोलको गीतले नारी वेदना बोल्छ । पछिल्लो क्रममा महिलाप्रधान मनिएका फिल्ममा समावेश हुँदै आएका यो प्रकारका गीत दर्शक श्रोतामाझ लोकप्रिय छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण भएको ‘बुलाकी’को उक्त गीतमा स्वर पछिल्लो पुस्ताकी चर्चित गायिका समिक्षा अधिकारीको छ भने शब्द संगीत बाबुल गिरीको छ । एरेञ्जको र मिक्सिङको काम धनबहादुर गिरी (बाबुल) ले नै गरेका छन् । फिल्ममा समावेश दृश्यहरूलाई जोडेर तयार गरिएको गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय विराज विष्ट र नरेन खड्कासहित कलाकारहरू सरस्वती खत्री, रमेश बुढाथोकी, सुशील पोखरेल लगायतलाई प्रस्तुत गरिएको छ ।

पश्चिम नेपालको गहिराईमा पुगेर सम्पूर्ण नेपालीको जीवन दैनिकीलाई चित्रण गरिएको विशुद्ध मौलिक कथा भनिएको यो फिल्मले यो बीचमा देश तथा विदेशमा सम्पन्न विभिन्न ख्यातीप्राप्त अवार्ड तथा चलचित्र महोत्सवहरूमा उत्कृष्ट चुनिँदै आफ्नो अब्बलता प्रस्तुत गरिसकेको छ । नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त यो फिल्मलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन् ।

स्व. मोती विष्टको प्रस्तुतिमा बनेको ‘बुलाकी’लाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन गरेको फिल्मको प्रोडक्सन हेड धनबहादुर राई हुन् ।

यो फिल्ममा कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत पनि अभिनयमा छन् । यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /