The Cinemax Hub

कमेडी नाइट विथ च्याम्पियन ल्याउँदै विशाल

Facebook
Twitter
WhatsApp

काठमाडौँ। कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ सुरु हुने भएको छ। कमेडी क्लब विथ च्याम्पियनका सबै टिम अब ‘कमेडी नाइट विथ च्याम्पियन’ लिएर आउने भएका हुन्। कार्यक्रममा आबद्द सम्पूर्ण कलाकारहरुले कार्यक्रमको लोगो शेयर गर्दै कार्यक्रमको औपचारिक जानकारी गराएका हुन्।

विशाल भण्डारीको निर्देशनमा बन्ने शोमा यो पटक सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, कैलाश कार्की, पवन भट्टराईसंगै भरतमणी पौडेल, सन्तोष थापा, सुमन कोइराला र प्रभात लामा जोडिएका छन्।

कार्यक्रमको अध्यक्षको रुपमा कलाकार तथा निर्देशक दिपाश्री निरौला यसपटक पनि यथावत रहेकी छन्। पहिलो सिजनलाई दर्शकले मन पराएका थिए। अब दोश्रो सिजन अझै भब्य सेटमा खिच्ने तयारी भई रहेको कार्यक्रमका होस्ट समेत रहेका निर्देशक भण्डारीले बताए। यो पटक दर्शकले प्रतिक्षा गरि रहेका कमेडियनहरुको प्रस्तुतिले कार्यक्रम अझै उत्कृस्ट बन्नेमा निर्माण टिम ढुक्क देखिएको छ।

कार्यक्रम मङ्सिर महिनाको अन्त्यतिरबाट हिमालय टेलिभिजन र ओएसआर रियालिटी मार्फत प्रशारण हुनेछ।

Cinemax Hub

/ सम्बन्धित समाचार /