The Cinemax Hub

मिसिङः केटी हराएको सूचनाको रिलिज स्थगित

Facebook
Twitter
WhatsApp

काठमाडौं । यही कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित भएको छ । फिल्म निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै अर्को नयाँ प्रदर्शन मिति सार्वजनिक नभएसम्म रिलिज स्थगित गरेको जनाएको छ ।

नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रमुख भूमिकामा अभिनय रहेको फिल्ममा दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रले ३२ वर्षअघि डकु–ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए । अर्को लोकप्रिय डकुड्रामा ‘हाम्रो मुमिन’ पनि दीपेन्द्रकै निर्देशकीय सिर्जना हो ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । दीपेन्द्रकै निर्माण रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’मा उनकै स्क्रिप्ट लेखन छ ।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्मको वितरक एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्ट छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /