The Cinemax Hub

अग्निदहनमा माइली दमिनी बन्न प्रमिलाको यस्तो संघर्ष

Facebook
Twitter
WhatsApp

काठमाडौं । नाटक र फिल्मको अभिनयमा प्रमिला ताम्राकार तुलाचन नयाँ नाम होइन । २०५० सालमा नाटक ‘परित्याग’बाट अभिनय यात्रा थालेकी उनले ‘मलामी’, ‘थाङ्ला’, ‘निरमाया’, ‘एक चिहान’ नाटक र ‘धर्मात्मा’, ‘नाइके’, ‘ह्वाइट सन’, ‘पञ्चेबाजा, ‘च च हुई’ र ‘पुजार सार्की’मा अभिनय गरिसकेकी छन् । यिनै प्रमिला यही मंसिर ७ गतेबाट रिलिज हुने फिल्ममा ‘बोक्सी’को आरोप लागेकी ‘माइली दमिनी’ चरित्रमा देखिँदैछिन् ।

प्रमिलाका अनुसार उनलाई ‘माइली दमिनी’को चरित्र निभाउन निकै चुनौतीपूर्ण थियो । ‘किनकी यो फिल्म सत्यघटनामा आधारित रहेको हुनाले मैले यसमा माइली दमिनीको पात्रमा यथार्थ अभिनय गर्नुपथ्र्र्यो । ‘अग्निदहन’ मेरो अरुभन्दा निकै फरक भूमिका रहेको फिल्म पनि हो’, उनले भनिन्, ‘माईली दमिनीको चरित्रको लागि मैले निकै समय पात्र अध्ययन गर्नुपर्यो । यो चरित्रको लागि सुकुम्बासी बस्तीमा गएर धेरै अध्ययन गरें । हाम्रो समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुव्र्यवहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरें ।’

फिल्मको स्क्रिप्ट हातमा परेपछि प्रमिलाले आफ्नो चरित्रका बारे उनले परिवारसँग सल्लाह गरेकी छन् । उनले श्रीमानले गरेको सहयोग र समर्थनले ‘अग्निदहन’मा काम गर्न सजिलो भएको बताइन् ।
फिल्मको फस्टलुक र ट्रेलर रिलिज भएपछि आफ्नो कामप्रति सकारात्मक प्रतिक्रिया दिएको उनले बताइन् । ‘धेरै दर्शकले माइली दमिनीलाई सहानुभुति दिनुभयो । कति बच्चाहरु त माइली दमिनीको दृश्य आउँदा डराए’, उनले भनिन् ।

प्रमिलाको बुझाईमा अशक्त, दुःखी, गरिब, सहाराविहिन एकल महिला वा पुरुष, जसकाविरुद्ध बोलिदिने समाज हुँदैन, उनीहरुलाई नै बोक्सीको आरोप लगाइने गरिन्छ । उनलाई माइली दमिनी चरित्र निभाउन निकै गाह्रो भएको रहेछ ।

‘फिल्ममा माइली दमिनीलाई एउटा दृश्यमा मलमुत्र खुवाई कुटपिट गरिएको छ । यो दृश्य छायांकन भइरहँदा मलाई एकदम गाह्रो महशुस भयो । मैले पात्र निभाउँदै गर्दा यति गाह्रो भयो भने साँच्चै नै असहाय महिला दिदी, आमाहरुलाई कस्तो भयो होला भन्ने कुराले मलाई धेरै दिन माइली दमिनीको ह्याङ ओभर रहिरह्यो’, उनले भनिन् ।

प्रमिला माइली दमिनीको पात्र निभाई रहँदा निकै भावुक बनेकी रहिछन् । ‘सबैभन्दा भावुक माइली दमिनीको घर जलाउँदा र मलमुत्र खुवाउँदा भएँ’, उनी भन्छिन् ।

प्रमिला ‘अग्निदहन’ सत्यघटनामा आधारित रहेकाले पनि सबैले एकपटक हेर्नुपर्ने बताउँछिन् । ‘फिल्मले बोक्सी कुप्रथालाई हटाउन मद्दत पु¥याएको छ । यस फिल्ममा मैले अरु फिल्ममा भन्दा फरक चरित्र निभाएकी छु । त्यसैले पनि ‘अग्निदहन’ मेरा लागि हेर्नै पर्ने बनेको छ ।’

Cinemax Hub

/ सम्बन्धित समाचार /