

काठमाडौं । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको नेपाली फिल्म ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । केही महिना अघि सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका विपिन र गुरुङ पहिरनमा मिरुना मगर चित्रित थिए । सोमबार सार्वजनिक गरिएको पोस्टरमा सोही फोटोको एक अंशलाई निरन्तरता दिइएको छ । साथै, पोस्टरमा डोको बोकिरहेका विपिनले हातमा डायरी बोकेका छन् भने मन्द मुस्कानमा रहेकी मिरूनालाई राखिएको छ । ’ऊनको स्वीटर’ शीर्षकलाई ऊनको धागोले बुनिएको डिजाइनमा तयार पारिएको छ ।
पोस्टर सार्वजनिकसँगै यस फिल्मको रिलिज मिति पनि घोषणा गरिएको छ । यो चलचित्र २०८२ सालको वैशाख २६ गते रिलिज हुने जनाइएको छ । यस फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।
नवीन चौहानले निर्देशन गरेको ुऊनको स्वीटरु आर्टमाण्डू प्रा।लि।ले निर्माण गरेको पहिलो फिचर फिल्म हो, जसले यसअघि थुप्रै म्युजिकल फिल्महरू निर्माण गरेर लोकप्रियता हासिल गरेको थियो । ‘घुमी घुमी,’ ‘देखेर तिमीलाई–तीनपाते,’ ‘फूलथुङ्गे रानी,’ ‘चन्द्रमा’ जस्ता साङ्गीतिक फिल्महरूका निर्देशक समेत रहेका चौहानको यो नै पहिलो फिचर फिल्म हो । फिल्ममा निर्देशक चौहानकै लेखन छ । उनलाई लेखन सहकार्यमा सुरज कटुवाल रहेका छन् । फिल्मको छायाङ्कन पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा गरिएको छ ।

यसअघि यस फिल्मको ओएसटी गीत ‘फूल’ बहु चर्चित भइसकेको छ । छायाङ्कन जानुअघि लिरिकल स्टाइलमा सार्वजनिक गरिएको गीतलाई हालसम्म १ करोड ४० लाख भन्दा बढी पटक युट्युबमा हेरिएको छ । फिल्मका सङ्गीत निर्देशक सुजन चापागाईँ हुन् र सङ्गीत निर्माण तथा ब्याकग्राउण्ड म्युजिक कोबिद बज्रले तयार गरेका छन् । फिल्ममा समावेश गीतका रचनाकारहरू हर्क साउद र युवराज काफ्ले हुन् भने सङ्गीतकारहरू सुजन चापागाईँ र झुमा लिम्बु हुन् ।
गीतमा सुजन चापागाईँ, झुमा लिम्बु, सुनिता थेगीम र सलिना बि।क।को स्वर रहेको छ । कोरियोग्राफी रोशन बि।क। र डिप गुरुङले गरेका छन् । फिल्मको सिनेमाटोग्राफी चिन्तन राजभण्डारीले गरेका छन् भने सम्पादन कृष्ण भण्डारीले गरेका छन् ।
फिल्मको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स हो भने सह–निर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन् । कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन् ।
फिल्मको कला निर्देशन विशाल न्यौपानेको टिमले सम्हालेको छ । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका छन् । सोसल मिडिया व्यवस्थापनमा प्रकाश क्षेत्री, विवेक खकुरेल, र ज्ञानु सङ्गम खड्का रहेका छन् । यस फिल्मको वितरण काफिया फिल्म्स प्रा।लि। र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।
मुख्य सहायक निर्देशक फिरोज खड्का, लाइन प्रोड्युसर फुङ्सो जबेगु, स्थानीय सहजकर्ता प्रज्वल बास्कोटा हुन् । प्रोडक्सन डिजाइन काजी राना र गुणराज देवानले गरेका छन् । मेकअप आर्टिस्ट आयाज शेख, कस्ट्युम डिजाइनर सुजन परियार, हेयर स्टाइलिस्ट सुशीला साम्बा, एक्टिङ तथा कास्टिङ निर्देशक सुरज तमू रहेका छन् ।













