The Cinemax Hub

दिनेशको महाभोजमा कलाकारको भीड

Facebook
Twitter
WhatsApp

काठमाडौं । पछिल्लो फिल्म ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौँ चलचित्रको रूपमा ‘महाभोज’ नामक फिल्म घोषणा गरेका छन् । निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत यो महत्त्वाकाङ्क्षी फिल्म घोषणा गर्दै कलाकारहरूको बुलन्द लाइनअप पनि सार्वजनिक गरेका छन् ।

फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपालको मुख्य अभिनय रहनेछ । यसअघि ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’ जस्ता फिल्मको निर्माण गरेका निर्माता हिमाल कडरियाले यो फिल्म बनाउनेछन् । फिल्मको निर्माणमा कडरियाको क्लक वर्क क्रियशन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्य गरेका छन् ।

राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताएका छन् । ‘आम मानिसहरूको जीवन र उनीहरूको भरोसाको पक्षमा उभिने र सत्यका लागि लड्ने र अन्यायको विरुद्ध आवाज उठाउने कथा हामीले यस फिल्ममार्फत प्रस्तुत गर्दैछौँ,’ निर्देशक राउतले भने ।

आगामी माघ १ गतेदेखि छायाङ्कन आरम्भ यस फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । वितरणको आरआर फिल्मस्ले गर्नेछ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /