The Cinemax Hub

सोमबारदेखि हलबाट पूर्ण बहादुरको सारङ्गी हटाइदै

Facebook
Twitter
WhatsApp

काठमाडौं । लक्ष्मीपूजाको अवसर पारेर गत कार्तिक १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारबाट देशभरका हलमा प्रदर्शन नहुने भएको छ । फिल्म निर्माण कम्पनी सेभेन सिज सिनेमाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

सेभेन सिजले पछिल्लो समय केही फिल्म हलहरुले आफ्नो फिल्मलाई नजरअन्दाज गरेको दाबी गर्दै सोही व्यवहारका कारण फिल्म प्रदर्शन नगर्ने निर्णय लिएको जनाएको छ । प्रदर्शन रोकिनु परेकोमा क्षमा माग्दै निर्माण टोलीले भविष्यमा दर्शकको अपेक्षालाई ध्यानमा राख्दै नयाँ फिल्मसहित पुनः हलमा फर्किने वाचा गरेको छ ।

सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /