The Cinemax Hub

होस्टेल ३ को प्रमुख छायाङ्कन ४९ दिनमा सकियो

Facebook
Twitter
WhatsApp

काठमाडौं । फिल्म ‘होस्टेल ३’ को प्रमुख छायाङ्कन ४९ दिनमा शुक्रवार सकिएको छ । तर, केही कलाकारहरूको बडी ट्रान्सफर्मेसन (शारीरिक परिवर्तन) आवश्यक पर्ने भएकाले अझै एक हप्ताको फुटकर छायाङ्कन बाँकी रहेको निर्देशक सशान कँडेलले बताए ।

हाल फिल्म पोस्ट–प्रोडक्सनको चरणमा रहेको छ । यसअघि फागुन १६ गते रिलिज हुने भनिएता पनि सो मितिमा रिलिज नहुने भएपछि फिल्मको नयाँ रिलिज मिति छिट्टै घोषणा गरिने जानकारी पनि निर्माण टिमले दिएको छ ।

‘होस्टेल ३’ फिल्म ‘होस्टेल’ शृङ्खलाको एक प्रतीक्षित फिल्म हो । फिल्ममा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक कँडेलकै हो । फिल्मलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । फिल्ममा अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर, शङ्कर कोइराला कार्यकारी निर्माता, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता र सुरेश कँडेल सह(निर्माता हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /